जनकपुरधाम, १ बैशाख । मुख्यमन्त्री सरोज कुमार यादवले नेपाल र भारत बिचको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ ।
स्वामी बिबेकानन्द साँस्कृतिक केन्द्र भारतीय दूतावास काठमाडौ द्वारा नयाँ बर्षको अवसरमा शनिवार जनकपुरधाममा आयोजित द्वितीय जनकपुरधाम साँस्कृतिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले नेपाल भारत बिचको सम्बन्ध हिमाल भन्दा पनि उचो र समुद्र भन्दा पनि गहिरो रहेको उल्लेख गरे ।
नेपाल भारत बिचको सम्बन्ध दुई देशको सरकार भन्दा पनि जनता जनता बिच रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री यादवले भन्नु भयो , ’ यो कुराको पुष्टि रामलालाको प्राण प्रतिष्ठा को बेला दुबै देशमा देखिएको हर्षोत्सवले गरि सकेको छ ।
सिमा क्षेत्रमा सुरक्षा र राजस्वको नाँउमा केही वर्षयता सर्वसाधारण संग सुरक्षाकर्मी हरुबाट भै रहेको व्यबहारले दुई देश बिचको सदियौ पुरानो सम्बन्धलाई नै खलल पु¥याउने कार्य भै रहेको उल्लेख गर्दै उनले त्यसमा सुधार ल्याउन नेपाल र भारत दुबै सरकार संग आग्रह समेत गर्नुभयो ।
भारतीय महावाणिज्य दूतावास वीरगंजका महावाणिज्यदूत डिएस मिनाको अध्यक्षतामा भएको उक्त कार्यक्रम मा जनकपुरधाम उपमहानगरक प्रमुख मनोज कुमार साह सहितका बक्ताहरुले साँस्कृतिक कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा सँस्कृती एवं अर्थ बिद डा. हरिवंश झाले माता जानकी लिला प्रसंग बारे चर्चा गर्नु भएको थियो । महोत्सवमा दुई देशक नारीहरुको साझा पहिरण साडीको प्रदर्शनीका साथै विभिन्न किल्लाहरुको फोटो प्रदर्शनी गरिएको थियो ।