KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

उपनिर्वाचन : बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

उपनिर्वाचन  : बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

काठमाडौं, २७ चैत । आगामी वैशाख १५ गते हुने उपनिर्वाचन लक्षित निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने भएको छ ।

इलाम प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका आयोगले आचारसंहिता लागू गर्न लागेको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा एकको उपदफा दुईले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभरमा लागू हुने गरी बुधबारदेखि निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचार संहिता, २०७९ को व्यवस्था लागू गर्ने निर्णय भएको आयोगका सहसचिव एवम प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।

निर्वाचन आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र निकायका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ति निकायका पदाधिकारी स्थानीय कार्यपालिका र कार्यपालिकाका सदस्यको हकमा लागू हुनेछ ।

यस्तै संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ताको हकमा लागू हुनेछ ।

यतिमात्रै नभएर पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, तथा त्यसका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, त्यसका शिक्षक तथा कर्मचारी, मतदाता, विकास साझेदार संस्था, सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा त्यस संस्थाका कर्मचारीको हकमा पनि निर्वाचन आचारसंहिता लागू हुनेछ ।

आयोगका अनुसार निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, त्यसका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदारको हकमा पनि लागू हुनेछ ।

Facebook Comment

Related Posts

अर्जेन्टिना, फ्रान्स र नर्वे लगातार दोस्रो जितको खोजीमा

अर्जेन्टिना, फ्रान्स र नर्वे लगातार दोस्रो जितको खोजीमा

कतारको एलएनजी केन्द्रमा विस्फोट, १८ जना बेपत्ता

कतारको एलएनजी केन्द्रमा विस्फोट, १८ जना बेपत्ता

रास्वपामा नामावली सच्याउने चटारो, बन्दसत्र अझै सुरु भएन

रास्वपामा नामावली सच्याउने चटारो, बन्दसत्र अझै सुरु भएन

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar