काठमाडौँ, २४ चैत । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ ।
खुलामञ्च जाने भनिएको ¥याली भद्रकालीबाट निषेधित क्षेत्र रहेको सिंहदरबारतिर जान खोजेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गरेको छ ।
प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको छ । महतो नेतृत्वको अभियानले नेवाः लगायत नेपालका राज्यविहीन राष्ट्रहरूमाथि कायम औपनिवेशिकताको अन्त्य गर्दै नेपाः मण्डल सहित बहुलराष्ट्रिय राज्य नेपाल स्थापना गर्न भन्दै वसन्तपुरमा भेला भई तिं ख्यः(खुल्ला मञ्च)जाने कार्यक्रम तय भएको विज्ञप्ति मार्फत जानकारी दिएको थियो ।
https://www.youtube.com/watch?v=7PBOPbDlCFo














