काठमाडौं, २४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू दक्षिण कोरिया भ्रमणको तयारीमा रहेको बताएका छन् ।
आफूलाई दक्षिण कोरियाबाट भ्रमणका लागि निम्ता आएको उनले बताए । दक्षिण कोरिया र नेपालको औपचारिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा शनिबार बालुवाटारमा जुगल हिमाल आरोहण गर्ने संयुक्त टोलीको बिदाइ कार्यक्रममा उनले उक्त जानकारी दिएका हुन् ।
उनले सुनाए ‘केही समय पहिले राष्ट्रसंघको अधिवेशनको बेलामा कोरियाका राष्ट्रपति योन सुक योलसँग पनि छलफल भएर दुई देशको सम्बन्धलाई अझ बलियो बनाउने र सहयोगको क्षेत्रलाई अझ विस्तार गर्नेकुरामा छलफल भएको छ ।
उहाँले दक्षिण कोरिया भ्रमणको निम्ता पनि गर्नुभएको छ । सकेसम्म त्यो निमन्त्रणालाई स्वीकारेर कोरिया जाने तयारी गर्दै छौँ ।














