काठमाडौं, २४ चैत । ललितपुरको हात्तिवनस्थित एक मेटल उद्योगमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।
आज(शनिवार) बिहान एक कारखानामा भएको आगलागीमा एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिनुभएको छ ।
शव जलेकोले पहिचान हुन नसकेको र सनाखत गर्ने प्रयास भइरहेको एसपी सुवेदीले बताए । ललितपुर महानगरपालिका–२३ स्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा बिहान ६ बजेको समयमा आगलागी भएको थियो ।
आगो नियन्त्रणमा लिइसकेपछि पुरुषको शव जलेको अवस्थामा फेला परेको एसपी सुवेदीले बताए ।