जनकपुरधाम, २३ चैत । लाईफ नेपाल सहकार्य र युनिसेफको सहयोगमा आज बालबिवाह सम्बन्धी बिभिन्न धर्म गुरु संग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
धनुषाको लक्ष्मीनीया गाउपालिकाको सभाहलमा भएको कार्यक्रममा सहभागिहरुले धार्मिक अन्धविश्वास, परम्परा एवं सांस्कृतिक मान्यताका कारण वाल विवाह बढेको वताए ।
यसका साथै शिक्षा चेतनामा कमी, वैवाहिक कार्यमा अभिभावकको निर्णायक भुमिका, भागेर विवाह गर्ने प्रचलन, अपरिपक्वता लगायका वाल विवाहको कारण भएको प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।
लक्ष्मीनीया गाउपालिका अध्यक्ष भोगेन्द्र मिश्रको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हिन्दु र मुस्लिम समुदायका धर्म गुरुहरुको सहभागिता थियो ।
यो कार्यक्रम लाईफ नेपालले धनुषाको चार वटा पालिकामा संचालन गर्दै आईरहेको लाईफ नेपालका धनुषा अध्यक्ष निलु ठाकुरले बताए ।