काठमाडौं, २२ चैत । जनता समाजवादी पार्टी (जसपा) बाट बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बन्ने भएकी छन् ।
जसपाबाट निर्वाचित समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले खानलाई पठाउन लागेको छ ।
बिहीबार बस्ने पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले खानलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्राचार गर्न लागिएको छ ।