काठमाडौं, २० चैत । संविधान संशोधन गर्न जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रस्ताव गरेका छन् ।
उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादवले समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अहिले संविधानमा संविधान उन्मुख लेखे पनि शासकिय स्वरुप र निर्वाचन प्रणाली नफेरेसम्म समाजवादमा पुग्न नसकिने उनले बताए ।
अहिलेको संविधानमा समाजवाद उन्मुख लेखेको भएपनि, अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक छ उनले भने, । यसलाई संशोधन गरौं ।
अहिलेको शासकीय स्वरुपबाट समाजवाद हुनै सक्दैन । हामी गरिरहेका छौं तपाईंहरुले तमासा हेरिराख्नुभएकै छ । यो तमासाबाट समाजवाद हुँदैन ।
यो शासकीय स्वरुप बदल्नुपर्छ । यो निर्वाचन प्रणालीले पनि करोडौं खर्च गरेर एउटा उम्मेदवार संसदमा पुग्छन् । तीनबाट समाजवादको आशा गर्न सकिँदैन । निर्वाचन प्रणाली र शासकीय स्वरुप बदल्नुपर्छ ।
लोकतन्त्रलाई समावेशी, समानुपातिक लोकतन्त्रमा रुपान्तरण गर्नुपर्छ । संविधानमा उन्मुख लेखेर मात्रै हुँदैन । संविधान संशोधन गर्नुपर्छ ।