काठमाडौं, १८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका उम्मेदवारको औपचारिक घोषणा गरेक छन ।
पत्रकार समेत रहेका मिलन लिम्बूलाई इलाम–२ को औपचारिक उम्मेदवार घोषणा गरिएको हो।
इलाम नगरपालिका–७ लाकुरी चौतारामा आयोजित कार्यक्रममार्फत उनको उम्मेदवारी घोषणा गरिएको छ ।
उपप्रधान तथा गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछानेसहितका शीर्ष नेताहरू पुगेर आयोजित कार्यक्रममा लिम्बूलाई उम्मेदवार घोषणा गरिएको छ।














