चितवन, १७ चैत । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ ।
चितवनको इच्छाकामना-५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको थियो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार ट्याक्सीमा रहेका पाँच जनालाई नदीबाट मृत अवस्थामा निकालिएको छ ।
मृत्यु हुनेमा एक बालिका, २ जना महिला र २ पुरुष रहेका छन् ।
अहिले उनीहरूको पहिचान भएको छैन । ट्याक्सीमा कति जना सवार थिए भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।