जनकपुरधाम, १३ चैत । मुखियापट्टी मुसहरनिया गाउँपालिकाको कार्यालयमा हर्षेउल्लासका साथ होली मिलन समारोह सम्पन्न भएको छ ।
मुखियापट्टी मुसहरनिया गाउँपालिका अध्यक्ष जय कुमार यादवको अध्यक्षतामा कर्यालय परिसरमा आयोजित होली मिलन समारोहमा पालिकाका सयौँको संख्यामा सर्वसाधारण, जनप्रतिनिधिहरु, कर्मचारी , शिक्षक, स्थानीय राजनितीकर्मी , समाजसेवी लगायतको सहभागिता रहेको थियो ।होली धार्मिक एवं वैज्ञानिक भन्दै यसलाई सभ्यता पुर्वक मनाउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीले बताए । उनले पालिकामा आफु आएपछि धेरै प्रशासनिक आन्तरिक समस्या समाधान भएको बताए । उनले व्यक्तिगत र सम्पूर्ण पालिका परिवारको साथ सहयोगले पालिकाका विविध समस्यालाई समाधान गर्दै पालिका विकास निर्माणमा अगाडि बढेको बताए ।
शिक्षा, स्वास्थ्य,कृषि यदि विकास निर्माण पालिकाबसी र जनप्रतिनिधिहरुको चाहना रहेको बताउँदै आउँदो होलीमा पनि भव्यताको साथ बनाउने प्रतिबद्धता व्यक्त गरे ।
मुखियापट्टी मुसहरनिया गाउँपालिका अध्यक्ष जय कुमार यादवले होली पर्व २०८० को अवसरमा सम्पूर्ण मुखियापट्टी मुसहरनिया गाउँपालिकाका दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरे । मुखियापट्टी मुसहरनिया गाउँपालिका बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरुले भरिएको सुन्दर गाउँपालिका रहेको बताउदै अनेकतामा एकता ,सामाजिक सद्भाव, राजनितिक एकता, सांस्कृतिक सहिष्णुता र धार्मिक मेलमिलाप पालिकाको चाहाना स्वाभिमान एवम् साझा पहिचान भएको बताए ।
जसपा नेता शशी कुमार यादबले असत्यमाथि सत्य र खरावमाथि असल पक्षको विजयको रुपमा लिइने र उल्लासपूर्वक मनाइने फागु अर्थात होली पर्वले मानव जीवनलाई रंगीन र उल्लासमय बनाउन प्रेरित गर्ने उनले बताए ।