जनकपुरधाम, ११ चैत । पन्ध्रदिने मिथिला माध्यमिकी परिक्रमा आज जनपुरधाम फर्किंदै छ ।
१४औं दिन भारतको बिशौलमा विश्राम गरेका परिक्रमा यात्री आज १५औं दिन जनकपुरधाम फर्किने क्रम जारी रहेको छ । जनकपुरधाम फर्किने परिक्रमा यात्री आज जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतियागाछी लगायत जनकपुरधामको विभिन्न स्थानमा बास बस्ने छन् ।
फागुने औशीको दिन गत फागुन २७ गतेदेखि धनुषाको मिथिला नगरपालिका ८ कचुरीस्थित मिथिला बिहारीको मन्दिरबाट मिथिला बिहारीको डोला जनकपुरधाम आइपुगेपछि अन्यमठ मन्दिरबाट किशोरीजीको डोला समावेश भएपछि परिक्रमा विधिवत सुरु भएको थियो ।
फागु पूणिर्माको दिन पुनः आज जनकपुरधाम फर्किेरहेका परिक्रमा यात्री भोलि सोमबार अन्तगरगृह परिक्रमा गरेपछि समापन हुने प्रचलन छ ।
अन्तरगृह परिक्रमालाई पञ्चाकोशी प्ररिक्रमा भनिन्छ । माध्यमिकी परिक्रममा सहभागी हुन नसेका धेरै मानिस अन्तरगृह परिक्रममा सामेल हुने गर्दछन् ।