जनकपुरधाम, ९ चैत । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले सडकको जमिन अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन सुरु गरेको छ ।
अभियानको सुरुवातमा शनिवार पालिकाले डोजरको प्रयोग गरेर नगर प्रहरीसहित बिभिन्न वाडाको सडक अतिक्रमण गरी छरा चौपाई, बालुवा गिट्टी ,फोहर, टहराहरु हटाउन सुरु गरेको पालिका अध्यक्ष जय कुमार यादब बताए । सडक अतिक्रमण गरी बनाइएको घर, टहरा, रोडमै राखेको छरा चौपाई, बालुवा गिट्टी ,फोहर लगायत खाली गराउने नगरको निर्णय अनुसार पालिकाको डोजर प्रयोग गरेर आजदेखि घर–टहरा भत्काउन थालिएको अध्यक्ष यादबले बताउनुभयो ।
मुखियापट्टी मुसहरनिया गाउँपालिकाले यसअघि सडक खाली गराउन सूचना निकालेको थियो ।अहिले सोहीअनुरुप सडक अतिक्रमण गरिएको टहराहरु ल्गाउत हटाउन सुरु गरिएको छ । कसैले अटेर गरे त्यसलाई कानुनी कारवाही अगाडि बढाउने अध्यक्ष यादबले बताए ।