काठमाडौँ, ७ चैत । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सेवा प्रवाहमा तत्काल सुधार गर्न निर्देशन दिएका छन् ।
गृह मन्त्रालयले ६ चैतमा उपसचिव र सहसचिव गरी २२ जनाको सरुवा गरेको थियो ।
उनीहरूले नयाँ जिम्मेवारी सम्हाल्नुअघि गृहमन्त्री लामिछानेले सेवा प्रवाहमा तत्कालै सुधार गर्न निर्देशन दिएका छन् ।
गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक, निर्देशक, अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल, अध्यागमन कार्यालय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र केही जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूको सरुवा गरेको थियो ।
गृहमन्त्री लामिछानले नागरिकमा सरकारको व्यावहारिक अनुभूति गराउने गरी काम गर्न पनि निर्देशन दिएका छन् ।














