पोखरा, ५ चैत । बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
पश्चिम रुकुमबाट काठमाडौं हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
सडकदेखि १५० मिटर तल खस्दा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभएको छ ।
घटनास्थलमा हालसम्म ३१ जना घाइतेको उद्धार गरिएको विकले बताए ।