जनकपुरधाम, ५ चैत । मधेश सरकारमा नेकपा एमाले सहभागी भएको छ । एमाले संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् ।
प्रदेश प्रमुख सुमित्रा भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराइन् । मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री कृष्ण प्रसाद यादवलाई बर्खास्त गरी एमालेका यादवलाई भित्र्याएका हुन् ।
स्रोतका अनुसार एमालेलाई थप तीन मन्त्रालय दिने सहमति भएको छ । बाँकी २ मन्त्री पछि पठाउने तयारी छ ।
नयाँ सत्ता समीकरण अनुसार एमालेलाई प्रदेश सरकारमा सहभागी गराइएको छ भने कांग्रेसलाई सरकारबाट हटाइएको छ ।
नयाँ गठबन्धनमा लोसपा नरहेपनि प्रदेशमा सहभागी हुने बताईएको छ ।