KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गर्ने तीन भारतीय सार्वजनिक

मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गर्ने तीन भारतीय सार्वजनिक

रौतहट, ३ चैत । रौतहटको भारतीय सिमानासँग जोडिएको दक्षिणी भेग परोहा नगरपालिकास्थित खाप चौकमा शिव मनी ट्रान्सफरका सञ्चालक नितेश साहमाथि भएको गोली प्रहार घटनामा पक्राउ परेका तीनजना भारतीय अपराधीलाई शनिबार प्रहरीले सार्वजनिक गरेको छ ।

घटनामा संलग्न तीन जना भारतीय अपराधीलाई स्थानीयको सहयोगमा शुक्रबार रौतहट प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी एलिजा गिरीका अनुसार मनी ट्रान्सफरमा स्वचालित पेस्तोल र कटुवा बोकेर आएका तीन जना भारतीय अपराधीहरूले काउन्टरमा बसेका सञ्चालक २६ वर्षीय नितेश साहलाई गोली प्रहार गर्दै हतियारको बलमा रकम लुटेका थिए ।

लुटेको रकम लिएर निस्कने क्रममा नितेशले अवरोध गरेपछि आपराधिक समूहले गोली प्रहार गर्दा साहको कञ्चटमा लागेको थियो । घाइते नितेशलाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपछि थप उपचारको लागि एलएस न्यूरो परवानीपुरमा पठाइएको थियो ।

उनको सघन उपचार कक्ष (आईसीयू) मा उपचार गर्न पठाइएकोमा उनको आँखामा समस्या देखिएकोले तिलगंगा अस्पताल काठमाडौँ रेफर गरिएको छ ।

साहको अवस्था स्थिर रहेको प्रवक्ता डीएसपी गिरीले बताइन् । अपराधीहरू घटना लगतै सीमापारी भाग्ने आशङ्कामा तत्कालै सीमा क्षेत्रमा ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएकोमा स्थानीयहरूले लखेट्दै गरेको अवस्थामा दशगजा क्षेत्रबाट तिनै जना अपराधीलाई नियन्त्रणमा लिएको गिरीले बताइन् ।

भारत विहार राज्यको पूर्वी चम्पारण मोतिहारी जिल्लाको चिरैया थाना दिपही गाउँका १९ वर्षीय मुनिष भन्ने मुनिफकुमार यादव, सोही ठाउँ का १८ वर्षीय राधा भन्ने राजकुमार पासवान र २० वर्षीय चुनुकुमार सिंह भन्ने चन्द्रभान सिंहलाई पक्राउ गर्न सफल भएको प्रवक्ता गिरीले पत्रकार सम्मेलनमा जानकारी गराइन् ।

उनीहरूले प्रयोग गरेको भारतीय नम्बर बीआर ०६ सीएल ९७९६ अपाचे मोटरसाइकल, एक राउन्ड खोका, एक थान कटुवा पेस्तोल, कटुवा पेस्तोलमा प्रयोग हुने ८ एमएम कैलिवर भएको गोली थान १, ७.६२ एमएम को गोली अर्ध स्वचालित पेस्तोल थान एक र सोमा लाग्ने म्याग्जिन एक थान र सोको गोली ५ राउन्ड र फायर भएको गोली एक थान तथा लुटपाट गरिएको एक लाख २५ बरामद भएको बताइन् ।

पक्राउ परेका तीनैजना अपराधीलाई ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना र चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी गिरीले बताइन् ।

Facebook Comment

Related Posts

धनुषा : बेपत्ता भएका व्यक्ति मृत फेला

धनुषा : बेपत्ता भएका व्यक्ति मृत फेला

आमाप्रति सम्मान व्यक्त गर्दै आज मातातीर्थ औँसी

आमाप्रति सम्मान व्यक्त गर्दै आज मातातीर्थ औँसी

अन्तर-सरकारी वित्त व्यवस्थापनमा सुधार ल्याउन १६ बुँदे निर्णय

अन्तर-सरकारी वित्त व्यवस्थापनमा सुधार ल्याउन १६ बुँदे निर्णय

निजी सञ्चारमाथि विभेदपूर्ण नीति स्वीकार्य छैन : कांग्रेस

निजी सञ्चारमाथि विभेदपूर्ण नीति स्वीकार्य छैन : कांग्रेस

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

प्रदेश सरकारलाई प्रधानमन्त्रीको आग्रह:आफ्नै सुधारमा ढिलाइ नगर्नु

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar