रौतहट, २ चैत । रौतहटको एक मनी ट्रान्सफरमा पेस्तोलसहित आएका व्यक्तिहरूले रकम लुटपाट गरेका छन् ।
रौतहट परोहा ९ मा रहेको शिव मनी ट्रान्सफरमा सञ्चालक २६ वर्षीय नितेश साहलाई गोली हानी लुटपाट गरिएको हो । कन्चटमा गोली लागेका साहलाई वीरगञ्जको न्यूरो अस्पतालमा उपचारका लागि लगिएको छ ।
लुटपाटमा संलग्न ३ जना भारतीयलाई नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरू भारतीय नम्बर प्लेटको अपाची बाइकमा आएको थियो ।
भारतबाट आएका ३ जनाले मनी ट्रान्सफरमा गोली चलाएर लुटपाट गरेको रौतहटका एसपी महेन्द्र श्रेष्ठले बताएका छन । लुटिएको रकमको परिमाण भने खुलेको छैन ।
एसपी श्रेष्ठका अनुसार घटनास्थलबाट कटुवा पेस्तोल र १ थान गोली बरामद गरिएको छ । उपचारको लागि सञ्चालक साहलाई वीरंगन्जको न्युरो अस्पताल लगिएको छ ।