जनकपुरधाम, १ चैत । सिरहामा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छ ।
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुरका श्रीदेव दासले श्रीमती ४० वर्षीया कुनिया देवीको हत्या गरेको प्रहरीले जनाएको छ ।
श्रीमान श्रीदेवले बिहिवार दिउँसो साढे ४ बजेतिर आफ्नै घरमा खुकुरी घाँटीमा प्रहार गरी श्रीमतको हत्या गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले जानकारी दिनुभएको छ ।
घटना लगतै प्रहरीले श्रीदेवलाई पक्राउ गरेको छ ।