जनकपुरधाम, १ चैत । मधेश प्रदेश सरकार पुनर्गठनको तयारी थालिएको छ ।
जसपाबाट मुख्यमन्त्री रहेका सरोजकुमार यादव बुधबार काठमाडौंबाट मधेश फर्केर सरकार पुनर्गठनको तयारी गरेका छन । उनले सरकारमा सहभागिताको विषयमा आज नेकपा एमालेसित छलफल गर्ने भएका छन् ।
नवनियुक्त प्रदेश प्रमुख आएसंगै सरकार पुनर्गठन गर्ने तयारीमा मुख्यमन्त्री यादव लागिपरेको छन । एमालेसित छलफल गर्छु । मुख्यमन्त्री यादवले भने, नवनियुक्त प्रदेश प्रमुख आउनु भएको छैन।
आएलगतै सरकार पुनर्गठन गर्छौ । नेपाली काँग्रेसलाई सरकारबाट हटाएर एमालेलाई सरकारमा लैजाने मुख्यमन्त्रीको तयारी छ । जसको लागि मुख्यमन्त्री यादवले काँग्रेसका मन्त्रीहरुलाई राजिनामा गर्न लगाउने मुख्यमन्त्री सचिवालयय स्रोतले जनाएको छ ।
स्रोतका अनुसार काँग्रेसलाई हटाएपनि केन्द्रमा गठबन्धनमा नरहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई मधेश सरकारमै यथावत राख्ने मुख्यमन्त्री यादवको रणनीति छ ।
१४ सदस्य मन्त्री मण्डलमा जसपाका मुख्यमन्त्री बाहेक तीन मन्त्री र एक राज्यमन्त्री छन् । काँग्रेसका तीन, माओवादी केन्द्रका एक मन्त्री र एक राज्य मन्त्री, लोसपा र नेकपा एकीकृत समाजवादीको एक–एक मन्त्रालय छ ।
माघ ९ मा जनमतले छाडेको दुई मन्त्रालय पनि मुख्यमन्त्री यादव आफैसित राखेका छन् ।