काठमाडौं, ३० फागुन । नक्कली सुन धितो राखेर नेपाल बैंकको सवा चार करोड ठगी गर्ने सप्तरीका टोकनाथ साह पक्राउ परेका छन ।
नेपाल बैंक लिमिटेडबाट ४ करोड १४ लाख ८४ हजार कर्जा लिइ भागेका कञ्चनरुप गाउँपालिका ८ का ४१ वर्षीय साहलाई उच्च अदालतले ३ वर्ष कैद र करिब १ करोड बिगो भराउने फैसला सुनाएको थियो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलका अनुसार उनलाई काठमाडौँको हायात होटलबाट पक्राउ गरिएको छ ।
साहले विभिन्न व्यक्तिलाई अमेरिका पठाइदिने भनेर १ करोड रुपैँया समेत ठगी गरेको पाइएको छ।