सिरहा, २७ फागुन । सिरहामा धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छ ।
सिरहा नगरपालिका -६ बसपिट्टाका राम उदगार साहले श्रीमती ६० बर्शिय निर्मला शाहको धारिलो हतियार प्रहार गरी हत्या गरेको छ ।
निर्मलाको हत्या गरिएको अबस्थामा शव खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी सन्तोष आचार्यले जानकारी दिए ।
हत्या आरोपमा श्रीमान राम उदगारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।