काठमाडौँ, २४ फागुन । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ ।
सह-अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार बिहीबार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ ।
यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नवलकिशोर साहले वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछन् ।
त्यस्तै दीपक कार्की राज्यमन्त्री बन्ने ।