काठमाडौं, २० फागुन । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदको कार्यकाल आजबाट सकिँन लागेको छ ।
६ वर्षे कार्यकाल निर्धारण भएका २० सांसदको कार्यकाल आज राति सकिने छ । राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ ।
पदावधि सकिनेमा नेकपा एमालेबाट ९, नेपाली कांग्रेसबाट ४, माओवादी केन्द्रबाट ३, एकीकृत समाजवादीबाट २, जसपाबाट १ र एकजना स्वतन्त्र सांसद रहेका छन् ।
आजबाट रिक्त हुने २० मध्ये १९ पदमा निर्वाचन भइसकेको छ । सो निर्वाचनबाट चुनिएका सांसदको सोमबार शपथ ग्रहण कार्यक्रम राखिएको छ ।
बाँकी एक पदमा सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्थ छ ।
पदावधि सकिने सांसदहरु
नेकपा एमाले– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरव सुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार र रामचन्द्र राई र विमला राई पौड्याल ।
जसपा– प्रमिलाकुमारी यादव तथा स्वतन्त्र सांसद खिमलाल देवकोटा ।
नेपाली कांग्रेस– रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देव ।
माओवादी केन्द्र– विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी ।
एकीकृत समाजवादी– नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा ।