जनकपुरधाम, १९ फागुन । बलात्कार गरी फरार रहेको आरोपमा सिरहाका एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहाको सिरहा नगरपालिका १४ का २७ वर्षीय सुमन कुमार साह रहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले जनाएको छ ।
गाउँमै गत मंसिर २१ गते राति १० बजेको समयमा एक महिलाको बलात्कार गरी फरार रहेको आरोपमा उनलाई प्रहरीले सिरहा नगरपालिका ७ बजारमा लुकिछिपी बसिरहेको बेला पक्राउ गरेको डिएसपी पाण्डेले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका साहमाथि शुक्रबार सिरहा जिल्ला अदालतमा पेश गरी दिन १० (दश)को म्याद थप गराई अनुसन्धान गरिरहेको छ ।