जनकपुरधाम, १९ फागुन । धनुषाको विभिन्न ठाउमा अतिक्रमण गरिएको सार्वजनिक जग्गा वा सरकारी जग्गाको बारेमा जानकारी दिन जिल्ला प्रशासन कार्यालय धनुषाले अनुरोध छ ।
विभिन्न गाउँ टोलमा अतिक्रमण गरिएको सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गर्दै त्यस्ता जग्गाहरुको बारेमा जानकारी गराउन निर्देशन दिएको छ
धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले सरकारी, गुठी संस्थान लगायतका सार्वजनिक जग्गा अतिक्रमण गरी भोगचलन गर्दै आएकाहरुलाई खाली गर्न निर्देशन जारी गरेको छ ।
सार्वजनिक जग्गाको दुरुपयोग र बिक्री–वितरण गर्ने, धितो बन्धक राख्ने लगायतको पाइएमा कानुन बमोजिम कारबाही गरिने जारी सूचनामा उल्लेख गरेको छ ।
जिल्लाभरिमा रहेका सरकारी, ऐलानी, पर्ती, मठमन्दिर लगायतका सार्वजनिक जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा ल्याएका व्यक्तिमाथि १० दिनभित्र जानकारी गराउन समेत जिल्ला प्रशासनले सबैमा अनुरोध गरेको छ ।
धनुषा जिल्लाको विभिन्न गाउँ टोलमा सयौँ विघा सार्वजनिक सम्पति हडपिएको छ ।
सार्वजनिक जग्गा हडपिएर घर समेत बनाएपनि घर भत्काउने प्रशासनले जनाएको छ ।