काठमाडौं, १६ फागुन । लोसपा छाडेर ‘राष्ट्रिय मुक्ति क्रान्ति अभियान’ घोषणा गरेका नेता राजेन्द्र महतोसहितका प्रदर्शनकारीसँग प्रहरीको झडप परेको छ ।
दलबलसहित माइतीघरको निषेधित क्षेत्र तोड्न पुगेका उनीहरूलाई सिंहदरबारको मूल गेटअगाडि भद्रकाली मन्दिर परिसरमा प्रहरीले रोकेको थियो ।
घेरा तोड्न खोज्दा महतोसहितका नेता–कार्यकर्तालाई प्रहरीले लछारपछार गरेको सोक्रममा केही प्रदर्शनकारीहरु घाइते भएका छन् । २०६४ फागुन १६ गते तत्कालीन सरकार र मधेसी मोर्चाबीचको ८ बुँदे सम्झौता कार्यान्वयन गराउन दबाबस्वरूप महतो निषेधित क्षेत्र तोड्न पुगेका थिए ।
अभियानको उपत्यका विशेष ब्युरोको आव्हानमा कालो ब्यानरसहित अघि बढेको महतो नेतृत्वको टोलीलाई छेक्न सुरक्षाकर्मी व्यापक परिचालन गरिएको थियो ।
¥यालीमा निस्कनुअघि महेश्वरी भवन कमलपोखरीमा महतोले कार्यकर्तालाई आफ्नो अभियानको रणनीति साथै भावी योजनाबारे प्रशिक्षण गरेका थिए ।