KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बारा विस्फोट अपडेट : विस्फोटमा ३ जनाको मृत्यु, कबाडी सञ्चालक पक्राउ

शंकास्पद वस्तु विष्फोट हुँदा एक जनाको मृत्यु

बारा, १५ फागुन । बाराको निजगढमा शंकास्पद वस्तु विस्फोटमा ३ जनाको मृत्यु भएको घटना अनुसन्धानको लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय नागरिक रहेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले जानकारी दिएका छन ।

‘पक्राउ पर्नेमा निजगढ नगरपालिका– ९ का २९ वर्षीय टीकाराम पाख्रिन र भारतको मोतिहारी घर भएका ४० वर्षीय रमेश जैसवाल छन्,’ एसपी काफ्लेले भने, ‘विस्फोटमा परेर अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको छ । एक घाइतेको अवस्था गम्भीर छ ।

पक्राउ पर्ने पाख्रिन कबाडी सामान बेच्ने व्यक्ति हुन् । उनी निजगढ निवासी हुन् । जैसवाल कबाडी सामान किन्ने व्यवसायी भएका प्रहरीले जनाएको छ । जैसवालले निजगढमै कबाडी गोदाम सञ्चालन गर्दै आएका छन् ।

विस्फोटमा ठूलो मानवीय क्षति भएपछि जैसवाल कबाडी गोदामबाट एम्बुलेन्स चढेर भारतीर भाग्दै गरेको अवस्थामा पक्राउ परेका एसपी काफ्लेले बताए ।

‘विस्फोटपछि उनी पत्नी र छोराछोरीसहित एम्बुलेन्स चढेर भारततिर भाग्दै थिए,’ एसपी काफ्लेले भने, ‘हामीले अनुसन्धानको लागि उनलाई हिजै साँझ कलैयाबाट पक्राउ गरेर हिरासतमा राखेका छौँ । विस्फोट भएको वस्तु के हो अझै खुल्न बाँकी रहेको उनले बताए ।

विस्फोटमा परेर वर्कशप सञ्चालक निजगढकै ४५ वर्षीय रेशम मगर, भारतको गवाई घर भएका ३५ वर्षीय राकेश जैसवाल र वीरगञ्जका रितु रजतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मगरको सोमबार दिउँसो र जैसवालको गएराति र रजतको केहीबेर अघि मृत्यु भएको हो । विस्फोटमा परेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि वीरगन्जस्थित बयोधा अस्पताल लगिएको थियो ।

निजगढ नगरपालिका– ७ मा रेशम मगरले सञ्चालन गर्दै आएको रोहित वर्कशप लेथमा सोमबार दिउँसो कबाडीबाट ल्याएको शंकास्पद बस्तु काट्ने क्रममा विस्फोट भएको थियो। विस्फोटमा गम्भीर घाइते भएका निजगढ ५ निवासी वर्कशप सञ्चालक मगरको त्यतिबेलै मृत्यु भएको थियो ।

विस्फोटमा परेर निजगढ नगरपालिका– ५ का ४५ वर्षीय सूर्यबहादुर थापा, पर्साको वीरगन्ज महानगरपालिका– ९ घर भएका ३४ वर्षीय फिरोज देवान र भारतको रामघडवा घर भएका २० वर्षीय अरविन साह घाइते भएका छन्।

त्यसमध्ये गम्भीर घाइते अरविनको बयोधाकै आईसीयूमा राखेर उपचार भइरहेको छ । बाँकी दुई घाइतेमध्ये देवानको बयोधामा र थापाको निजगढमै रअहेको सामुदायिक प्रसूतिगृह अस्पतालमा उपचार भइरहेको एसपी काफ्लेले बताए ।

Facebook Comment

Related Posts

पत्नीको कुटाईबाट पतिको मृत्यु

होटलमा एक युवकको मृत्यु

जीप दुर्घटनामा २ जनाको मृत्यु, एक जना चालक घाइते

जीप दुर्घटनामा २ जनाको मृत्यु, एक जना चालक घाइते

सिन्धुपाल्चोकमा पहिरोले पूर्णरुपमा बाटो बन्द

सिन्धुपाल्चोकमा पहिरोले पूर्णरुपमा बाटो बन्द

बर्दिबासबाट वेश्यावृत्ति गरेको आरोपमा सातजना पक्राउ

बर्दिबासबाट वेश्यावृत्ति गरेको आरोपमा सातजना पक्राउ

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अदालतको आदेश

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अदालतको आदेश

इजरायलमा रहेका नेपालीहरू सुरक्षित स् परराष्ट्रमन्त्री राणा

इजरायलमा रहेका नेपालीहरू सुरक्षित स् परराष्ट्रमन्त्री राणा

ताजा समाचार

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar