केपी रिपोर्टर, अमिन राईन
जनकपुरधाम, ६ फागुन । जनता समाजवादी पार्टी नेपाल (जसपा)को भात्त्रृ संगठन समाजवादी मुस्लिम संघ धनुषा जिल्ला अध्यक्षमा मो. कलिम राईन सर्वसहमतिले चयन भएको छ।
सबैला नगरपालिकाको नगर कमिटिले आयोजना गरेको भेलाबाट राईनलाई सर्व सहमतले चयन गरेको छ ।
कार्यक्रममा उपस्थित मध्य सबै भन्दा जेष्ठ नागरिक मो. अकमल राईनको अध्यक्षता र जसपाबाट निर्वाचित धनुषा क्षेत्र न १ को संघीय सांसद दिपक कार्कीको प्रमुख अतिथित्वमा कार्यक्रम सम्पन्न भएको थियो।
समाजवदी मुस्लिम संघ धनुषाको जिल्ला कार्यसमितिमा उपाध्यक्ष, अजिम अनसारी, सचिव आमिन राईन, स.सचीव मो.कमरुदिन, कोषाध्यक्ष मो. जुवेर आलम, लगाईत २१ सदस्य समिति चयन भएका छ्न।
साथै समाजवादी मुस्लिम संघ धनुषाको १८ नगरपालिका, गाउँपालिकामा छिटै नगर देखि वाडा सम्म समिति निर्माण गर्ने नवनियुक्त अध्यक्ष राईनले प्रतिबद्धता व्यक्त गरेका थिए।
उक्त कार्यक्रममा जसपा केन्द्रिय सल्लाहकार बिमल प्रसाद साह, प्रदेश संघीय परिषद सदस्य साजिद हुसेन, जसपा सबैला नगरपालिका अध्यक्ष बैजनाथ यादव, जसपा गनेशमान चारनाथ नगरपारलिका अध्यक्ष राम एकबाल शर्मा, लगाईत पार्टीका विभिन्न तहतपका नेताहरु सहभागीता कार्यक्रम सम्पन्न भएको थियो ।