कैलाली, ६ फागुन । कैलालीको बर्दगोरियाको प्रशासनिक भवन उद्घाटन गर्दै एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्वाधार मात्र नभई कृषि र शिक्षामा पनि जोड दिन आग्रह गरेका छन् ।
उनले नमुना काम गर्न कर्मचारी तथा जनप्रतिनिधिलाई सुझाव दिए ।
‘प्रशासनिक सेवा न्यायिक सेवाको काम गर्नुपर्छ,’उनले भने,‘पालिकामा बिकासको नेता हुनुपर्छ कुराको नेता भएर काम चल्दैन’उनले बिकासको लागि उत्पादन गर्न र उत्पादनलाई प्रबिधिमा जोड्न सुझाव दिए ।
नयाँपन र नयाँ प्रबिधिबाट कृषि उत्पादन बढाउन सकिनेमा ओलीको जोड दिएका थिए ।