जनकपुरधाम, ५ फागुन । महोत्तरीको सम्सी गाउँपालिका-२ परसामा महावीर झण्डाको कलश यात्राका क्रममा दुई समुदायबीच झडप भएको छ ।
सम्सी गाउँपालिका १ बाट सुरु भएको कलश यात्रा वडा नं. २ स्थित नुरी मस्जिद नजिक पुगेपछि झडप भएको छ ।
झडप नियन्त्रणका लागि प्रहरीले ४ राउन्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
झडपका क्रममा ३ जना सामान्य घाइते भएका छन् । कलश यात्राका आयोजकहरुले भने मस्जिदमा ढुंगा प्रहार नभएको दाबी गरेका छन् ।
यता हिन्दु समुदायले मस्जिदमा ढुंगा प्रहार भएको मुसलमान समुदायको दाबी गरेका छन ।