काठमाडौं, २४ माघ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले त्रिभुवन विश्वविद्यालयलगायतका नेतृत्व राजनीतिक भागबण्डाको आधारमा नियुक्ति नगर्न सरकारलाई दबाब दिएका छन् ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिरहँदा उनले सबै विश्वविद्यालयको नेतृत्वको नियुक्ति राजनीतिक भागबण्डाको आधार नगर्न सरकारलाई सचेत गराएका हुन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले सरकारले कुनैपनि नागरिकले प्रश्न उठाउने मौका नपाउने गरी विश्वविद्यालयहरुको नेतृत्वको नियुक्ति गर्नुपर्ने बताए ।
उनले विद्यालयमा बालबालिकाहरुले सक्ने वातावरण निर्माण गर्ने काममा पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताए । हामीले यहाँ संसदबाट गर्ने काम र सरकारबाट गर्ने कामलाई आम नागरिकका सरोकारका विषयसँग जोड्न सक्छौं कि सक्दैनौ ? अहिले हामी केटाकेटीहरु विद्यालय पढ्न गएको देख्छौं हामी ।
महामन्त्री थापाले संघीयतासँग सम्बन्धित कानून निर्माणमा सरकारले संसदको चालु अधिवेशनमा विशेष ध्यान दिने विश्वास समेत व्यक्त गरे ।