काठमाडौँ, २३ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको महासचिवमा पद्म प्रसाद पाण्डेयलाई नियुक्त गरेका छन् ।
पाण्डेयले प्रतिनिधिसभाको सचिव पदबाट मंगलबार राजीनामा दिएसँगै राष्ट्रपतिले सो राजीनामा स्वीकृत गर्दै यसअघिको सिफारिस अनुसार महासचिवमा नियुक्त गरेका छन् ।
राष्ट्रपति संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राष्ट्रपतिले पाण्डेयलाई संघीय संसदको महासचिव पदमा नियुक्त गरेको कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
सभामुख र राष्ट्रिय सभाका अध्यक्षको संयुक्त सिफारिस गरेपनि लामो सदयदेखि राष्ट्रपतिले स्वीकृत नगरी होल्ड गरेर राखेका थिए ।
उनको नागरिकताको विषयमा विवाद भएपछि राष्ट्रपतिले सिफारिस होल्ड गरेको बताइएपनि यसभित्र राजनीतिक कारण समेत रहेको चर्चा हुँदै आएको थियो ।