काठमाडौं, २१ मघ । जनमत पार्टीले समसामयिक बिषयमा छलफल गर्नको लागि अध्यक्ष डा. सिके राउतले पार्टी कार्यालयमा बस्नेगरी सचिवालयको बैठक बोलाएको प्रवक्ता डा. शरद यादवले बताए ।
यादबका अनुसार बैठकमा संगठन, हुँदै गरेको वडा अधिवेशन, मधेश सरकारबाट बाहिरिएपछि आवस्था, उपनिर्वाचन लगायतको बिषयमा छलफल हुनेछ ।
गठबन्धनप्रति असन्तुष्टि जनाउँदै जनमतले मधेश सरकारबाट बाहिरिसकेको छ । संघमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन कायमै भएपनि सरकारप्रति सन्तुष्ट छैन ।
मधेश सरकारबाट बाहिरिएपछि जनमतले गठबन्धनमा भएको आलोपालो सहमति अनुसार मुख्यमन्त्रीको दाबी गर्ने तयारी गरेको छ । मधेशको मुख्यमन्त्री नपाए संघ सरकारबाट बाहिरिनेसम्मको तयारी छ ।
यद्यपी, गठबन्धनका शीर्ष घटकबीच जनमतलाई सरकारबाट हटाउने सहमति बनिसकेको छ । तर, आजको बैठकले प्रचण्ड सरकारबारे निर्णय नगर्ने प्रवक्ता यादवले बताए ।