जनकपुरधाम, २० माघ । सिरहाबाट लागूऔषधसहित बुबासहित दुई छोरा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लहान नगरपालिका वडा नं. ७ का ५५ वर्षीय राजकुमार ठाकुर र उनका छोराद्वय वर्ष २९ का प्रमोद कुमार ठाकुर र वर्ष २५ का राकेश कुमार ठाकुर छन् ।
लागूऔषध कारोबार गरी राखेको गोप्य सुचनाको आधारमा लागूऔषध ब्युरो जनकपुर शाखा कार्यालय गोलबजार सिरहा र इलाका प्रहरी कार्यालय लहान सिरहाबाट संयुक्त टोलीले शुक्रबार उनीहरुलाई पकाउ गरेको छ ।
उनीहरु बसिरहेको कोठामा खानतलासी गर्दा लागूऔषध प्रतिबन्धित कोडबिल १५ बोतल, ध्ष्हमष्ल १०० m िको ६५ बोतल, डाईजाफाम ६ एम्पुल, फेनारगन ७ एम्पुल, नुरफ्रेन ६ एम्पुल प्रहरीले बरामद गरेको छ ।
साथै नगद १ लाख ३९ हजार बरामद गरि थप अनुसन्धान गरिरहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिए ।
उनीहरुमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।