जनकपुरधाम, १७ माघ । राजस्व छली गरेको आरोपमा जनकपुरधामबाट दुईजना सुन चाँदी व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बलराम ज्वेलर्सका सञ्चालक बलराम शाह र अरुण ज्वेलर्सका सञ्चालक अरुण शाह रहेका छन् ।
दुवैजनामाथि राजस्व छलीको आरोप लागेको छ । पक्राउ परेका दुबै जना व्यापारीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले थप अनुसन्धानको लागि राजस्व कार्यालय पथलैया पठाएको छ ।
दुईजना व्यवसायी पक्राउपछि सम्पूर्ण सुनचाँदी व्यवसायीहरूले आ आफ्नो पसल बन्द गरी टायर बालेर प्रदर्शन गरेका छन् ।