जनकपुरधाम, माघ १६ । शासक बर्गको उपेक्षाका कारण मधेश पछि परेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन ।
समाजवादी महिला संघ मधेश प्रदेश समितिले जनकपुरधाममा आयोजना गरेको दुई दिवसीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष यादवले शासकबर्गको मधेश प्रतीको बिभेदकारी नितिका कारण मधेशको शिक्षा , स्वास्थ्य, रोजगार लगायतका आधारभुत क्षेत्रमा पछि परेको दाबी गरे ।
मधेशी जनताले शासक बर्गको रबैया विरुद्ध गरेको भिषण बिद्रोहको बलमा मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना भए पनि केन्द्रीकृत मानसिक्ता बोकेका शासकबर्गको मधेश प्रतिको रबैया अझै सुध्रिन नसकेको उनले बताए ।
मधेस सरकारलाई दिने बजेट लगायतको सेवा सुबिधामा समेत विभेद भइरहेको उल्लेख गर्दै अध्यक्ष यादवले विभेद अन्त्य नभए सम्म मधेस बिकास निर्माणमा फड्को मार्न नसक्ने उल्लेख गर्नुभयो ।
समाजवादी महिला संघका प्रदेश अध्यक्ष एवं प्रदेस सभा सदस्री संजिला यादवको अध्यक्षतामा भएको उक्त उद्घाटन सत्रमा जसपा राजनीतिक समिति सद्स्य एवं समाजवादी महिला संघका केन्द्रिय अध्यक्ष निर्मला यादव, राजनिती समिती सदस्य संघीय सांसद रेखा कुमारी यादव, मधेस सरकारका अर्थ मन्त्री संजय यादव, महिला बालबालिका मन्त्री सुरिता साह सहितका बक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
बुधवार सम्म चल्ने प्रशिक्षणमा मधेश प्रदेशका आठ वटै जिल्ला बाट करिब एक सय जना महिला नेत्रृहरुको सहभागिता रहेको छ ।