जनकपुरधाम, १५ माघ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले संगठन बिस्तार, सुद्दिढीकरण, पुनर्गठन लगायतका अभियानलाई अहिले तीब्रता दिएको छ ।
मंगलवारदेखि जसपा नेपालको भातृ संगठन समाजवादी महिला संघ मधेश प्रदेशका महिला नेतृहरुका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्नेभएको छ ।
माघ १६ र १७ गतेका लागि जनकपुरधामको रमण टावरमा ‘संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद’ मुख्य नाराका साथ आयोजना हुन लागेको दुई दिवशीय कार्यक्रममा जसपा निकट मधेश प्रदेशका महिला नेतृहरुको सहभागिता रहने भएको छ ।
मंगलवार हुने कार्यक्रममा समाजवादी महिला संघका केन्द्रीय पदाधिकारी, मधेश प्रदेशका महिला पदााधिकारी, पार्टीका जिल्ला समिति, महिला सांसद र प्रदेश अन्तर्गत जसपा निकट स्थानीय जनप्रतिनिधि महिला नेताहरुको सहभागी हुँनेछन ।
यो कार्यक्रममा भने महिला नेतृहरु मात्रै सहभागी हुने जनाएको छ । केन्द्र देखि प्रदेश सम्मको विभिन्न समितिबाट एक सय भन्दा बढी महिला नेतृहरुको सहभागी हुने छ ।
समाजवादी महिला संघको मधेश प्रदेश समिति अध्यक्ष सञ्जीला यादवका अनुसार राष्ट्रिय राजनीतिमा महिला सहभागिता, उनीहरुको भूमिका, नेपालको संविधान एवं ऐन कानूनमा महिला अधिकारको उल्लेखित प्रावधान, सामाजिक लोकतन्त्र, समसायिक राजनीतिक परिवेश लगायतका एजेन्डामा प्रशिक्षण दिइने ।
जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेतृत्वहरुले प्रशिक्षण दिने कार्यक्रम छ ।