सप्तरी, १२ माघ । सप्तरीमा लागु औषध ८ किलो गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छ ।
पक्राउ पर्नेमा सप्तरी तिलाठि कोईलाडी गा.पा.६ बस्ने बर्ष ३१ को सचिन यादव र सोही ठाउँ बस्ने बर्ष २६ को अजय प्रसाद यादब रहेका छन ।
सप्तरीको कंचनरुप न.पा. ७ आदर्श टोलमा प्रहरी.चौकी धरमपुर र ट्राफिक पोष्ट कंचनपुरको संयुक्त टोलीले सवारी चेकजाँच गर्ने क्रममा फत्तेपुर बाट कंचनपुर तर्फ आउदै गरेको को. २५ प. ७०२४ नं को मो.सा.चेकजाँच गर्ने क्रममा मोे.सा.चालक सप्तरी तिलाठि कोईलाडी गा.पा.६ बस्ने अ बर्ष ३१ को सचिन यादव र ऐ ऐ बस्ने अ. बर्ष २६ को अजय प्रसाद यादबले लुकाई छिपाई ल्याउँदै गरेको अं. ८ के.जी.तयारी गाँजा ( ४ पोका) बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका दुबै जना लाई मोटरसाइकल सहित आवश्यक कारवाहीको लागी सम्मानित जिल्ला अदालत सप्तरीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।