जनकपुरधाम, १२ माघ । गृह सन्चार तथा कानुन मन्त्रालय मधेश प्रदेशले मन्त्रालयमा सरुवा भई आउनु भएका प्रदेश सचिबलाई एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ ।
शुक्रवार मन्त्रालयमा मन्त्री मोहम्मद समिमको अध्यक्षताामा भएको कार्यक्रममा मन्त्रालयका प्रदेश सचिब विरेन्द्र कुमार यादबलाई स्वागत तथा सम्मान गरिएको छ ।
कार्यक्रममा मन्त्री समिमले सचिबको सफल कार्यकालको शुभकामनाका साथै मन्त्रालयको बस्तुस्थितीको वारे जानकारी गराएका थिए ।
उनले भने यो प्रदेश सबै मन्त्रालय भन्दा गृह सन्चार तथा कानुन मन्त्रालय महत्वपूर्ण मन्त्रालय भएको बताएका थिए ।
सचिब यादबले सबैसँग परामर्श तथा सल्लाहा बमोजिम काम गर्ने भएकोले सबैको सहयोग अनिर्वाय रहेको बताए ।
उनले कतै बढी र कतै कर्मचारी हुने गरेकोले आवश्यक ठाउँमा कर्मचारी परिचालन गरी ब्यवस्थापन गरिने बताए ।
सम्मान कार्यक्रम पश्चात सचिवले मन्त्रालय निरिक्षण गरेका थिए ।