जनकपुरधाम, १० माघ । सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– ४ सखुवाका २५ वर्षीय मो. जियाउल राइनले जेठी भाउजू अन्दाजी ३२ वर्षीया तञ्जिला खातुनलाई बन्चरो प्रहार गरी हत्या गरेका छन् ।
सोमबार बिहान १० बजेतिर घरको आँगनमा रहेको हातेकलबाट पानी थापेर जाँदै गर्दा पछाडिबाट देवरले बन्चरो प्रहार गरेका थिए ।
गम्भीर घाइते तञ्जिलालाई त्काल छिमेकीहरूले उपचारका लागि लहान लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए ।
बञ्चरो प्रहार गरी हत्या गर्ने जियाउललाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध सेवन गरेर लठ्ठ परेका जियाउलले सुरुमा भाइ अताबुल र बुहारीलाई आक्रमण गर्न खोजेका स्थानीयहरुले बताउछन ।
उनीहरू भागेपछि कलबाट पानी लिएर जाँदै गरेकी जेठी भाउजूलाई बन्चरो प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
मृतक तञ्जिलाकी श्रीमान् सलिम राइन वैदेशिक रोजगारीको क्रममा पछिल्लो करिब आठ वर्षदेखि कुवेतमा रहेका छन् ।