जनकपुरधाम, ८ माघ । भारतको अयोध्यामा सोमबार भएको राममन्दिरको प्राण प्रतिष्ठामा जनकपुरधामसहित मधेशमा उत्सव मनाइएको छ ।
रामको ससुराली र जानकीको माइतको रुपमा रहेको जनकपुरधाममा दिनभर जय जय सियारामको नारासहित भग्वा ध्वज लिएर भक्तजनले प्रदर्शन गरेका छन ।
जानकी मन्दिर प्रांगणलाई रंगोली, फूल तथा दीपले सजाइएको छ । जानकी मन्दिर व्यवस्थापन पक्ष लगायत हिन्दुवादी संगठनहरुले दीप प्रज्वलन गरेका छन ।
आज मठमन्दिरसहित घरघरमा दीप प्रज्वलन गरेर खुसियाली मनाएको छ । 
















