जनकपुरधाम, ६ माघ । धनुषाको मुखियापटी मुसरनिया गाउँपालिका अध्यक्ष जय कुमार यादब माथी भएको संघातिक आक्रमण निन्दनीय रहेको भन्दै छिटै छानविन गरि दोषिलाई कारवाहीको दायरामा ल्याउन नेपाली कांग्रेसका पुर्व उपसभापति नेता विमलेन्द्र निधीले मांग गरेका छन् ।
बिहिवार राती १ बजे जनकपुरधाम प्रादेशिक अस्पताल जनकपुरबाट विरामीलाई भेटेर जिरोमाइल स्थित आफनो निवास गइरहेका पालिकाका अध्यक्ष यादव माथी भएको संघातिक आक्रमण घटना बारे बुझन यादवको घर पुगेका निधीले प्रदेशका डिआईजीलाई तत्कालै फोन गरेर घटनाबारे चासो व्यक्त गरेका छन् ।
निधिले भने, यो घटना जनकपुरधाम नगरको सुरक्षा व्यवस्थालाई पनि उदांगो पार्ने घटना हो ।’ निधीलाई घटनाको विस्तृत विवरण सुनाउदै घाइते अध्यक्ष यादवले धनुषा प्रहरी प्रमुखको र प्रहरीको १०० नम्वरमा कयौं पटक फोन गर्दा समेत जवाफदेहिता नभएको र चार÷पाँच घण्टा पछि प्रहरी घटना स्थल पुगेको बताए ।
निधीले घटनाको राती स्थानियवासीहरुले पनि फोन गरेको र १०० नम्वरमा फोन गर्दा रेसपोन्स हुन नसक्ने बताइरहेको कुरा प्रहरी प्रमुखलाई सुनाउदै घटनालाई गम्भिरतापुर्वक लिन आग्रह गरेका थिए ।
यस अघि पनि स्वयम जिल्ला प्रहरीमा आफु असुरक्षित रहेको जानकारी गराईसकेको बताउदै उनले आफु राती एक्लै गाडीमा रहेको थाहा पाएरै नियोजित रुपमा आफु माथी आक्रमण भएको बताए ।
एता जसपा नेपाल धनुषाले २४ घण्टा भित्र घटनामा संलग्न दोषिलाई पक्राउ गरि कारवाहीको दायरामा ल्याउन मांग गर्दै नभए आफुहरु कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी सहितको विज्ञप्ती जारी गरेको छ ।
https://www.facebook.com/kpkhabar02/videos/346085188226762