काठमाडौँ, ४ माघ । सांसद कुमार दसौंदीले सार्वजनिक यातायात क्षेत्र सुधार गर्न सरकारलाई सुझाव दिएका छन् ।
बिहीबार संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसद दसौंदीले सार्वजनिक यातायात क्षेत्र सुधार नहुँदा बर्सेनि सयौँले ज्यान गुमाउनुपरेको भन्दै सवारीको मापदण्ड राम्रो बनाउने र सडक निर्माणमा पनि ध्यान दिनुपर्ने बताए ।
उनले पुष्पलाल राजमार्ग अन्तर्गत पर्ने राजमार्ग निर्माण प्रक्रिया किन सुस्त बनेको भन्दै भौतिक मन्त्री प्रकाश ज्वालालाई प्रश्न समेत गरका छन ।
अर्का सांसद गोपीबहादुर सार्कीले धेरै आयोजनाको स्थलगत भ्रमण गरेको भन्दै कतिपयमा धेरै राम्रो प्रगति भएको पनि पाएको बताए । ‘त्यहाँ मुआब्जामा ३६ अर्ब लाग्ने देखिन्छ । तर आर्थिक सुनिश्चितता नहुँदा समस्या छ’, उनको भनाइ छ ।