काठमाडौं,४ माघ । राष्ट्रिय सभामा ‘सभापति’ शब्द प्रयोग नगर्ने प्रस्ताव गरिएको छ ।
राष्ट्रिय सभा नियमावली २०८० को मस्यौदामा यस्तो प्रस्ताव गरिएको छन । समिति सचिवालयले तयार पारेको प्रस्तावमा राष्ट्रिय सभाका विषयगत समितिको नेतृत्वलाई अध्यक्ष भनेर सम्बोधन उल्लेख हो ।
‘मूल नियमावलीको ठाउँ–ठाउँमा रहेको ‘सभापति’ भन्ने शब्दको सट्टा ‘अध्यक्ष’ भन्ने शब्द र ‘सभापतित्व’ भन्ने शब्दको सट्टा ‘अध्यक्षता’ भन्ने शब्दहरु राखिएका छन्’ प्रस्तावित नियमावलीको बुँदा नम्बर १३१ मा छन ।
यसका लागि सभापति नभनेर अध्यक्ष भन्नु जायज र उपयुक्त छ । यो विश्वव्यापी अभ्यास पनि हो,’ समितिको बैठकमा एमालेकी सांसद दिलकुमारी रावल पार्वतीले भनिन् । तर, अध्यक्षभन्दा राष्ट्रिय सभाको अध्यक्ष र समितिको अध्यक्ष भनी खुलाउनुपर्ने र व्यवहारिक रुपमा अप्ठ्यारो हुन सक्नेतर्क कतिपय सांसदले गरे ।
राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले पनि संसदीय समितिका सभापतिले पाउने सेवा सुविधालगायतका विषयमा अप्ठ्यारो पर्न सक्नेतर्फ जोड दिएका छन ।
राष्ट्रिय सभा नियमावलीमा संसदीय समितिका सभापतिलाई अध्यक्ष भनिएता पनि दुवै सभाको संयुक्त समितिको सभापतिको हकमा के गर्ने भनेर छलफल आवश्यक रहेको भन्दै सांसदहरुले तत्काललाई यो विषयमाथिको छलफललाई थाती राखेका छन ।
एउटा संसदीय सुनुवाइ समिति छ भने अर्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति समिति रहेको छ ।