काठमाडौं, १ माघ । जनमत पार्टीले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनविरुद्ध आफ्ना उम्मेदवार उठाएको छ ।
मधेश प्रदेशमा रामशंकर महासेठ र लुम्बिनी प्रदेशमा बालगोविन्द चौधरी थारुलाई उम्मेदवार बनाएको जनमतले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
माघ ११ गते हुने निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन जनमतले अपिल गरेको छ ।
यी दुई उम्मेदवार बाहेकका ठाउँमा माओवादी केन्द्र नेतृत्वका गठबन्धनका उम्मेदवारलाई समर्थन रहेको पनि जनमतले जनाएको छ ।