KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अधिकार र विकासका लागि संगठन बलियो बनाउनु पर्छ : मन्त्री साह

अधिकार र विकासका लागि संगठन बलियो बनाउनु पर्छ : मन्त्री साह

जनकपुरधाम, २१ पुस । मधेस प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री सुरीता कुमारी साहले अधिकार प्राप्त गर्न आफैं अग्रसर हुनु पर्ने बताएकी छन् ।

जनता समाजवादी पार्टी (जसपा) निकट भ्रातृ संगठन समाजवादी दलित मुक्ति संगठनको मधेस प्रदेश समिति पुनर्गठन भेलालाई सम्बोधन गर्दै मन्त्री साहले भनिन्, ‘अधिकार पाउनका लागि यथास्थितिमा बस्नु हुँदैन । गतिशिल हुनु पर्दछ ।’

मन्त्री साहले दलितहरुको हकहित र विकासको लागि मधेस प्रदेश सरकारले गठन गरेको ‘दलित विकास समिति’ ले गर्नुपर्ने सम्पूर्ण काम गर्ने प्रतिबद्धता जनाइन् । दलित सशक्तिकरण ऐन मधेस प्रदेश सभाबाट बहुमतले पास भएको स्मरण गराउँदै कार्यान्वयनमा ढिलाई भइरहेको औंल्याइन् ।

सो भेलामा राष्ट्रिय मुसहर संघका केन्द्रीय अध्यक्ष चन्देश्वर सदाले नेता बन्नलाई होइन, आत्मसम्मान र स्वाभिमानका साथ बाँच्नलाई संगठित हुनु पर्ने बताए ।

परापूर्वकालमा हाम्रा पुर्खाहरु स्वाभिमान र आत्मसम्मानका लागि लडाँइ लडेको जानकारी गराए । तर, शासकहरुले उनीहरुको हत्या गराएको स्मरण गराउँदै लोभमा फस्न नहुने आउने सन्ततिहरुले दुःख नपाओस् भनेर हामीले संगठन बलियो बनाएर अघि बढ्नु पर्ने आवश्यकता औंल्याए ।

त्यस्तै, जनता समाजवादी पार्टीका राजनितीक समिति सदस्य चन्देश्वर पासमानले संगठनमा बल हुन्छ र बलियो हुन संगठित हुनु पर्छ भने ।

उनले भने, ‘संगठन निर्माण र विस्तार प्रकृयामा निरन्तर कडा मेहनत गर्नु पर्ने तर्क गर्दै संगठनलाई केटाकेटीको खेल बुझ्नु हुँदैन ।’ लक्ष्यमा पुग्नु छ भने एकजुट भई अगाडि बढ्नु पर्ने धारणा व्यक्त गरे ।

भेलालाई सम्बोधन गर्दै जसपा मधेस प्रदेश उपाध्यक्ष तथा मधेस प्रदेश सरकारका पूर्व मन्त्री ज्ञानेन्द्र कुमार यादवले दलित समुदायको विकासका लागि आफ्नै कार्यकालमा दलित सशक्तिकरण ऐन बहुमतले पास गराएको बताए ।

ऐन बन्यो तर कार्यविधि फितलो भएकै कारण दलित समुदायहरु हकअधिकारबाट बञ्चित हुनु परेको छ । यस्तै अवस्था रहने हो भने समाजवादी दलित मुक्ति संगठन अघि बढ्नु पर्छ । समुन्नत र समतामूलक समाज निर्माण गर्न दलित समुदायको सहभागिता अनिवार्य छ ।

संगठनका मधेस प्रदेश अध्यक्ष रामो महराको अध्यक्षतामा सम्पन्न भेलामा संगठनका केन्द्रीय संयोजक चमेली देवी दास, सहसंयोजक प्रदीप घतानी, प्रदेशका आठवटै जिल्लाका जिल्ला अध्यक्ष एवं प्रतिनिधिहरु, पार्टीका मधेस प्रदेश सचिव जीतेन्द्र यादव, प्रेस मञ्च नेपालका मधेस प्रदेश उपाध्यक्ष रामहृदय यादव, समाजवादी विद्यार्थी संगठनका प्रदेश महासचिव विवेक दास, समाजवादी युवा संघ धनुषा अध्यक्ष दिपेन्द्र कापरी लगायत संगठन आबद्ध सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

साथै, आजै राति अबेरसम्म प्रदेश समिति पुनर्गठन गर्ने र केन्द्रीय समितिको समेत बैठक गरिने बताइएको छ ।

Facebook Comment

Related Posts

मानव बेचबिखन सभ्यताकै कलंक : प्रधानमन्त्री शाह

उद्धारदेखि शव व्यवस्थापनसम्म सुरक्षाकर्मीको अथक खटाइ : प्रधानमन्त्री शाह

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

महासभामा नेपालको प्रस्तुती वैज्ञानिक र परिणाममुखी हुनुपर्छ : गगन थापा

महासभामा नेपालको प्रस्तुती वैज्ञानिक र परिणाममुखी हुनुपर्छ : गगन थापा

तीनमहिने पैदल यात्रामा निस्कँदै राजेन्द्र महतो

तीनमहिने पैदल यात्रामा निस्कँदै राजेन्द्र महतो

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar