काठमाडौं, १९ पुस । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँडबारे बिहीबार पनि सत्ता गठबन्धनका दलहरु बालुवाटारमा छलफल सुरु गरेको छ ।
यस विषयमा सत्ता गठबन्धनका दल केही दिनदेखि निरन्तर छलफलमा छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आग्रहअनुसार उसलाई पनि चुनावी सिट दिन सत्ता गठबन्धन सकारात्मक देखिएको छ ।
एकजना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने १ जनासमेत गरी २० सिट आउँदो फागुन २० बाट खाली हुँदै छन् ।