जनकपुरधाम, १३ पुस । संघ सरकारले प्रदेशहरुलाई अधिकार हस्तान्तरण नगरेको भन्दै संघ सरकारलाई दबाब दिन आज सातै प्रदेशका मुख्यमन्त्री बागमती प्रदेशको राजधानी हेटौँडामा भेला भएका छन् ।
केन्द्र सरकारसँग अधिकार माग्न दबाबमूलक कार्यक्रमअन्तर्गत आज उनीहरुले हेटौँडामा बैठक गर्न लागेका हुन् ।
बैठकमा सहभागी हुन हेटौँडा आएका मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादबले केन्द्र सरकारलाई दबाब दिन हेटौँडामा भेला हुनपर्ने अवस्था आएको बताए ।
उनले केन्द्रले प्रदेशलाई अधिकार नदिँदा संघीयतामा पनि एकात्मक राज्य प्रणालीकै शैली देखिएको बताए । भेलामा संविधानमा भएका एकल र साझा अधिकारका विषयमा गहन छलफल हुने जनाए ।
संघीयता बलियो बनाउन प्रदेश र स्थानीय तहका अधिकार कार्यान्वयन हुनुपर्ने यादबले बताए ।