महोत्तरी, १२ पुस । घाँस काट्न गएकी महोत्तरीको गौशाला नगरपालिका वडा नं. १ रामनगर घर भएकी एक ३५ बर्षिया महिलामाथि बलात्कार भएको छ ।
शनिवार रामनगर जंगलमा घाँस काट्न गएको समयमा सुनसान मौका छोपी स्थानिय ४३ बर्षिय विरेन्द्र यादवले बलात्कार गरेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
पिडित महिलाका परिवारले ईलाका प्रहरी कार्यालयमा घटनाको सम्बन्धमा उजुरी दिएपछि सो घटना बाहिरिएको छ ।
घटनापश्चात आरोपित यादव फरार रहेकोले उनको खोजविन भईरहेको प्रहरी निरीक्षक मनोज कुमार यादवले बताए ।